दफा ५
किताब दर्ता गर्ने
(१) किताबको प्रकाशकले आपूmले प्रकाशन गरेको किताब बिक्री वितरण
गर्नुभन्दा अघि त्यस्तो किताबको दुई प्रति बिना मूल्य स्थानीय अधिकारीलाई बुझाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त भएको किताबहरू स्थानीय अधिकारीले दर्ता किताबमा
दर्ता गरी देहायका कुराहरू समेत उल्लेख गरी राख्नु पर्नेछ ः–
(क) किताबको नाम र मुखपृष्ठमा छापिएको व्यहोरा (नेपाली भाषामा नभए
अनुवाद गरी नेपाली भाषामा राख्ने),
(ख) किताब लेखिएको भाषा,
(ग) किताब वा त्यसको भागको लेखक, अनुवादक वा सम्पादकको नाम,
(घ) किताबको विषय,
(ङ) मुद्रण गरिएको र प्रकाशन गरिएको स्थान,
(च) मुद्रक वा मुद्रण गर्ने संस्था र प्रकाशक वा प्रकाशन गर्ने संस्थाको नाम,
(छ) प्रकाशन गरिएको मिति,
(ज) पृष्ठ संख्या,
(झ) आकार,
(ञ) संस्करण संख्या,
(ट) सो संस्करणमा छापिएको प्रति,
(ठ) छापिएको वा लिथो भएको,
(ड) बिक्री मूल्य, र
(ढ) प्रतिलिपि अधिकार पाउने व्यक्तिको नाम, थर र वतन ।